• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    आत्मघाती आक्रमणमा १३ जना मारिए

    1.1K
    SHARES



    काठमाडौँ । मध्य सोमालियामा भएको आत्मघाती आक्रमणमा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । अन्य ४५ जना घाइते भएका छन् ।

    एक जना आत्मघाती हमलाकारीले विस्फोटक पदार्थले भरिएको ट्रकलाई शनिबार बेलेडवेन सहरको सुरक्षा चौकीमा ठोक्काउँदा भवन भत्किएको हो ।

    भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार जारी रहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्नसक्ने सुरक्षा अधिकारीहरूले बताएका छन् ।

    एक जना प्रहरी अधिकारीका अनुसार ज्यान गुमाउनेको सङ्ख्या १३ नाघेको छ तर उनले मृतकको यकिन अङ्क बताउन सकेका छैनन् ।

    विस्फोट भएको ठाउँमा खोजी कार जारी रहेको छ । भग्नावशेषबाट शव निकाल्न नरोकिएकाले वास्तविक मृतकको सङ्ख्या बताउन कठिन भएको उनले बताए ।

    सोमालियाका राष्ट्रपति हसन शेख मोहम्मदले आक्रमणमा परी ज्यान गुमाएकाहरूका परिवारजनप्रति शोक प्रकट गर्दै आफ्नो सरकारविरुद्ध लागेको अतिवादी समूह अल-शबाब लडाकूहरूलाई परास्त गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “यस्ता घटनाहरूले हामीलाई आतङ्कवादीहरूलाई निर्मूल गर्ने अभियानबाट कहिल्यै रोक्न सक्दैनन्” उनले एक विज्ञप्तिमा भनेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया