• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    बीपीएल ड्राफ्टमा नेपालका सबै खेलाडी अनसोल्ड

    2.5K
    SHARES



    काठमाडौं । आज भएको बंगलादेश प्रिमियर लिग (बीपीएल) को खेलाडी ड्राफ्टमा नेपालका सबै खेलाडी अनसोल्ड भएकाछन् ।

    आईतबार भएको ड्राफ्टको अन्तिम सुचीमा नेपालका आठ खेलाडी समावेश रहेकामा सबै खेलाडी अनसोल्ड भएका हुन् ।

    ड्राफ्टमा समावेश भएका नेपाली खेलाडीको नाम भने सार्वजनिक भएको थिएन । ड्राफ्टमा ४ सय ४५ विदेशी खेलाडी समाबेश रहेका थिए ।

    १० औं संस्करणको बीपीएलमा सात टोलीले सहभागीता जनाउदैछन् ।

    प्रतियोगितामा कोमिल्ला भिक्टोरियन्स, डुराडान्टो ढाका, चित्तोग्राम च्यालेन्जर्स, खुल्ना टाईगर्स, रंगपुर राईडर्स, फोर्टुन बारिसल र सिलेट स्टाईकर्स सहभागी रहने छन् ।

    कोमिल्ला भिक्टोरियन्स ९ औं संस्करणको बीपीएल च्याम्पियन टोली हो ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया