• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद समाचार

    एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा उक्लियो भारत

    779
    SHARES



    काठमाडौँ । भारत आइसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा उक्लिएको छ। गएराति अष्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय वरीयतामा एक नम्बर टिम बनेको हो।

    एसिया कपअघि एकदिवसीय वरीयतामा पाकिस्तान पहिलो टिम थियो। एसिया कपमा भारतसँग पराजित भएसँगै उसको वरीयता तेस्रोमा पुगेको थियो भने अष्ट्रेलियाले पहिलो वरीयता कायम गरेको थियो।

    पहिलो वरीयतामा रहेको अष्ट्रेलियालाई शुक्रबार पराजित गरेसँगै भारतले क्रिकेटका तीन वटै फर्म्याटमा कब्जा जमाएको छ। भारत टेस्ट र टी-२० फर्म्याटको विश्व वरीयतामा यसअघि नै पहिलो नम्बरमा छ।

    एकदिवसीयमा पनि पहिलो वरीयतामा उक्लिएपछि भारतले इतिहास बनाएको छ। पाकिस्तानको भने विश्वकपअघि कुनै आधिकारीक एकदिवसीय खेल छैन। त्यसैले पाकिस्तान विश्वकपअघि नम्बर एकमा फर्कने सम्भावना छैन।

    यता वरीयतामा नेपाल भने १५औं स्थानमा छ। नेपालको वरीयतामा कुनै परिवर्तन भएको छैन। नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो। यद्यपी नेपालले दुवै खेलमा हार ब्यहोरेको थियो।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया