• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    विद्यालय शिक्षा विधेयकमा छलफल गर्न कांग्रेसले बोलायो सांसदहरुको बैठक

    687
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयकका सन्दर्भमा छलफल गर्न र पार्टीको एकीकृत धारणा बनाएर अगाडि बढ्न सांसदहरुको बैठक बोलाएको छ ।

    कांग्रेसले संसदमा दर्ता भएका विधेयकहरु उपर निरन्तर छलफल गर्दै आएको छ । त्यस कार्यक्रम अन्तर्गत असोज ८ र ९ गते विद्यालय शिक्षा विधेयकमा छलफल गर्न कांग्रेसले सांसदहरुलाई संससद भवन नयाँ वानेश्वर स्थित लोत्सेहलमा बैठक बोलाएको छ ।

    नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार विधेयक माथिको छलफलमा सांसदहरुको सहभागिता रहँदै आएको छ । विद्यालय शिक्षा विधेयक धेरै चासोको विषय भएकाले यसमा एकीकृत धारणा तय गर्नु आवश्यक रहेकाले पार्टीका केन्द्रिय सदस्यहरुलाई समेत विधेयकमाथिको छलफलमा आमन्त्रण गरेका छन् ।

    शुक्रबार पार्टीको केन्द्रिय समितिको बैठकमा बोल्दै उनले केन्द्रिय सदस्यहरुलाई समेत विधेयकमाथिको छलफलमा आमन्त्रण गरेका हुन् ।

    शिक्षा विधेयक २०८० शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले गत भदौ २७ गते प्रतिनिधि सभामा दर्ता गरेका थिए । प्रस्तावित विधेयकमा असन्तुष्ट शिक्षकहरु आन्दोलनमा छन् ।

    प्रमुख सचेतक लेखकका अनुसार असोज ११ गते विद्युत विधेयकमाथि छलफल गर्ने तय भएको छ । विद्युत विधेयक ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतले गत भदौ २७ गते प्रतिनिधि सभामा दर्ता गरेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया