• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सर्लाही जिल्ला सदरमुकाममा अनिश्चितकालीन कर्फ्यु जारी

    663
    SHARES



    सर्लाही । सर्लाही जिल्ला सदरमुकाम मलंगवामा फेरि कर्फ्यु जारी भएको छ। बुधबार दुई समूहबीच झडप भएपछि हिजो राति १० बजेदेखि लागु हुनेगरी सर्लाही जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु जारी गरेको हो।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दिपेन्द्र पजियारका अनुसार बुधबार राति मलंगवा-४ स्थित कदमपोखरीमा मूर्ति सेलाउने क्रममा दुई समूहबीच झडप भएको थियो। राति अकास्मात बत्ती गएपछि सुरू भएको दुई समूहको झडप र ढुंगामुढा प्रहरी पुगेपछि साम्य भएको थियो।

    ‘एउटा समूहले ढुंगामुढा गरेपछि अर्को समूह पनि ढुंगामुढामा उत्रियो। बीचमा रहेर स्थितिलाई नियन्त्रण लिने क्रममा प्रहरीमाथि नै आक्रमण भयो। त्यसपछि सामान्य बल प्रयोग गरी स्थितिलाई नियन्त्रणमा लियौं,’ डिएसपी पजियारले भने।

    ढुंगामुढाबाट ८ जना घाइते भएका छन्। तीमध्ये गम्भीर घाइते एक पुरूषको वीरगंजमा उपचार भइरहेको डिएसपी पजियारले बताए। दुई पक्षबीचको झडपलाई नियन्त्रणमा लिने क्रममा केही प्रहरी पनि घाइते भएका छन्।

    मलंगवामा थप तनाव हुन नदिन प्रशासनले घटनालगत्तै कर्फ्यु जारी गरेको हो। प्रशासनले पुरानो मलङ्गवा नगरक्षेत्र पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट, बाबा पेट्रोलपम्म कर्फ्यु जारी गरेको सूचनामा उल्लेख छ।

    कर्फ्यु जारी गरिएको क्षेत्रभित्र कसैले आजवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न एवं अरु कुनै प्रकारको गतिविधि गर्न निषेध गरिएको छ। कर्फ्यु आदेशपछि अहिले मलंगवाको स्थिति सामान्य रहेको ‍डिएसपी पजियारले जानकारी दिए।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया