• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    भारतमा आतङ्कवाद र अपहरणको खतरा रहेको भन्दै क्यानडाद्वारा एड्भाइजरी जारी

    2K
    SHARES



    काठमाण्डौ । क्यानडाले भारतका लागि नयाँ ट्राभल एड्भाइजरी जारी गरेको छ ।

    क्यानडाले आफ्ना नागरिकलाई अत्यन्त सतर्क रहन भन्दै भारत प्रशासित जम्मू-कश्मीरको यात्रा नगर्न आग्रह गरेको छ ।

    जम्मू कश्मीरमा आतङ्कवाद, अतिवाद, अशान्ति र अपहरणको खतरा रहेको क्यानडाले जारी गरेको एड्भाइजरीमा उल्लेख छ ।

    यस्तै, पाकिस्तानसँग सीमा जोडिएको भारतका गुजरात, पन्जाब र राजस्थानका क्षेत्रमा नजान पनि क्यानडाले आफ्ना नागरिकलाई भनेको छ । क्यानडाको यो नयाँ ट्राभल एड्भाइजरी दुई देशबीच तनाव बढिरहेको बेला जारी भएको हो।

    अस्ति सोमवार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आरोप लगाउनु भएको थियो ।

    यसका साथै क्यानडाले एक जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेको थियो ।त्यस लगत्तै भारतले पनि क्यानडाली कूटनीतिज्ञलाई देश निकाला गरेको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया