काठमाडौं । एसियन गेम्स अन्तर्गत नेपालको पुरुष भलिबल टिम पहिलो खेलमा बहराइनसँग ३–१ सेटले पराजित भएको छ ।
पहिलो सेट जिते पनि त्यसपछि लगातार ३ सेट हारेपछि नेपालले पहिलो खेलमा नै हार बेहोरेको हो ।
पहिलो सेट २५-२० ले जितेको नेपाल त्यसपछि २०-२५, १८-२५ र १५-२५ ले पछि परेको हो ।
नेपालले दोस्रो खेल बुधबार इरानसँग खेल्नेछ । इरानसँगको खेल पनि हारेमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।
चीनको हाङझाउमा आउँदो शनिबार एसियन गेम्सको उदघाटन हुने भए पनि भलिबलसहितका केही समूहगत खेल भने त्यसअघि नै सुरु भएका हुन् ।
प्रतिक्रिया