काठमाडौँ । घरेलु टिम गण्डकी प्रदेशले लामाचौर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि जितेको छ ।
मंगलबार भएको फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा हराउँदै गण्डकीले उपाधिसहित १ लाख ५० हजार रुपैयाँ हात पारेको छ ।
लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको भलिबल कोर्टमा भएको फाइनलमा पहिलो सेट २५-२३ ले जित्दै अग्रता लिएको पुलिसलाई दोस्रो सेट गण्डकीले २५-१९ ले पराजित गर्यो । तेस्रो सेट पुलिसले २५-२१ मा जिते पनि त्यसपछिका दुई सेट लगातार जित्दै गण्डकीले उपाधि जितेको हो ।
चौथो सेट पुलिसले २३-२० को स्थितिमा पुर्याए पनि खेलमा फर्किँदै गण्डकीले २८-२६ को सेटमा जित्यो । अन्तिम सेट भने गण्डकीले १५-११ को सहज अंकमा जित्यो । प्रकाश नपुगेका कारण सोमबार फाइनल खेल १-१ सेटको बराबरीपछि मंगलबारका लागि सरेको थियो ।
उपविजेता बनेको विभागीय टिम नेपाल पुलिस क्लबले १ लाख रुपैयाँ हात परेको छ । गत वर्ष पनि नेपाल पुलिस क्लब र गण्डकीको टोली नै फाइनल पुगेका थिए । लगातार वर्षाका कारण खेल रोकिएपछि पुरस्कार बाँडेका थिए ।
प्रतियोगितामा गण्डकीका रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित भए । यस्तै गण्डकीका हरि पाण्डे (वेस्ट ब्लकर), किरण गुरुङ (वेस्ट स्पाइकर) र रमेश केसी (वेस्ट कोच) बने ।
प्रतिक्रिया