• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    माओवादीले पार्टी एकताका लागि नाम फेर्नेबारे महाधिवेशनबाट निर्णय लिने

    1K
    SHARES



    काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले पार्टीको नामबारे आगामी महाधिवेशनमा छलफल गरेर निर्णय लिन सकिने बताएको छ ।

    पार्टी महासचिव देव गुरुङले एक परिपत्र जारी गर्दै पार्टी एकतालाई सफल तुल्याउन नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्टमा रहेको ‘माओवादी केन्द्र’को बारेमा छलफल गर्न सकिने बताएका छन् ।

    महासचिव गुरुङले जारी गरेको परिपत्रमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिष्ट घटकहरुसँग पार्टी एकताको विषयमा गम्भिर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिष्ट पार्टीको पछाडी कोष्टमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ ।’

    गत भदौ २५ गते बसेको पार्टी पदाधिकारीहरूको बैठकका निर्णय जानकारी गराउन जारी गरिएको परिपत्रमा प्रदेश इञ्चार्जहरुको सिफारिस भएको बारे पनि जानकारी गराइएको छ ।

    जस अनुसार बागमती प्रदेश इञ्चार्जको सिफारिसमा केन्द्रीय सदस्य कमला दोङलाई भक्तपुर जिल्लामा कार्यक्षेत्र तोकिएको छ ।

    लुम्बिनी प्रदेशका केन्द्रीय सदस्य जगप्रसाद शर्मा र नारायण प्रसाद अधिकारीलाई लुम्बिनी प्रदेशकै अनुगमन तथा स्कूल विभागको जिम्मेवारी तोकिएको भनिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ