• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    राप्रपा नेपालले असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने

    872
    SHARES



    काठमाडौं । राप्रपा नेपालले आगामी असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।

    आज सोमबार बसेको पार्टीको समीक्षा बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विरोधमा राँके जुलुस प्रदर्शन गर्ने निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले बताए ।

    बैठकमा गत भदौ २९ गते भएको विरोध प्रदर्शनको समीक्षा र भावी कार्यक्रमको बारेमा छलफल भएको थियो ।

    बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले अहिले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाले मुलुकलाई संकटको दलदलमा फसाएकाले यसबाट मुक्तिका लागि सडक संघर्ष गर्नुपर्ने पनि बताए ।

    थापाले भने- ‘यो व्यवस्था र प्रणालीले मुलुक बचाउन र बनाउन सकिन्न, अब आन्दोलनबाट नै सबै अटाउने व्यवस्था ल्याउनुपर्छ’ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ