• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    सरकारले खसी, बोकाको चोरी पैठारी नियन्त्रण गर्न सकेन : ओलीले

    713
    SHARES



    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले खसी, बोकाकाे पनि चोरी पैठारी नियन्त्रण गर्न नसकेको बताए ।

    ओलीले खसी, बोकालगायतका वस्तुहरू चोरी पैठारी गर्दा पनि सरकारले नियन्त्रण गर्न नसकेकाले लक्ष्य अनुसार राजश्व उठ्न नसकेको समेत बताए ।

    राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर सोमबार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भन्सारबाटै चोरी पैठारी हुँदा पनि सरकारले केही गर्न नसकेको आरोप लगाए ।

    अध्यक्ष ओलीले विद्युत् मुलुकका लागि पर्याप्त नभएपनि सरकारले पुगेजसरी प्रचार गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले आफूले पहिलो पटक प्रधानमन्त्री भएका बेला मुलुकलाई आधारभूत रूपमा लोडसेडिङ मुक्त गराएको दाबी समेत गरे ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ