काठमाडौं । १९औं एसियन गेम्समा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली चीन प्रस्थान गरेको छ ।
चीनको हान्झाउमा यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९औं एसियन गेम्समार्फत नेपाली महिला फुटबल टोलीले एसियन गेम्समा डेब्यु गर्दैछ ।
रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपाली टोलीमा २२ खेलाडी रहेका छन् । नेपालका सफल प्रशिक्षक बालगोपाल महर्जन मुख्य प्रशिक्षक छन् ।
१९औं एसियाडमा महिला फुटबल प्रतियोगिता २१ सेप्टेम्बरदेखि सुरु हुनेछ । नेपाल रहेको समूह ‘डी’मा विश्वकप खेलिसकेको जापान र भियतनामसहित साफ च्याम्पियनसिपको विजेता बंगलादेश छ । जापान भने विश्वकप विजेता पनि हो ।
प्रतिक्रिया