• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    श्रीलङ्कालाई हराउँदै भारत एसिया कप च्याम्पियन

    1.6K
    SHARES



    काठमाडौं । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । श्रीलंकालाई १० विकेटले हराउँदै भारतले एसिया कप क्रिकेटको उपाधि जितेको हो ।

    फाइनलमा प्राप्त ५१ रनको झिनो लक्ष्य भारतले मात्र ६ ओभर १ बलमा बिना विकेटको क्षतीमा पुरा गर्यो । भारतका लागि इशान किशनले २३ र शुभमन गिलले २७ रन बनाए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५ दशमलब २ ओभरमा ५० रनमा अलआउट भयो ।

    श्रीलंकाका लागि कुशल मेन्डिसले १७ तथा दुशान हेमन्थाले १३ रन बनाए । श्रीलंकाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    भारतका लागि मोहमद सिराजले ७ ओभरमा २१ रन खर्चिएर ६ विकेट लिए । ओडिआई करियरमा सिराजको यो उत्कृष्ट बलिङ फिगर हो ।

    सिराजको घातक बलिङसँगै श्रीलंकाले फाइनल खेलमा भारतसँग घुँडा टेक्यो । हार्दिक पान्ड्याले ३ तथा जसप्रित बुमराहले १ विकेट लिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ