• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    ब्राजिलमा विमान दुर्घटना, १४ जनाको मृत्यु

    1.2K
    SHARES



    काठमाडौँ। ब्राजिलको अमेजनमा भएको विमान दुर्घटनामा १४ जनाको ज्यान गएको छ ।

    सानो ‘प्रोपेलर’ विमान अमेजोनास राज्यको राजधानी मानौस र पर्यटकीय शहर बार्सिलोसबीचमा खसेको हो ।

    विमानमा रहेका १२ यात्रु र २ चालक दलका सदस्य सवार थिए । ती सबैको मृत्यु भएको बीबीसीले जनाएको छ । घटनाको कारणबारे अनुसन्धान शुरू गरिएको अमेजनस राज्यका सुरक्षा सचिव भिनिसियस अल्मेडाले बताए ।

    प्रारम्भिक जानकारी अनुसार विमान रनवेबाट बाहिर निस्केपछि भारी वर्षा र कम भिजिबिलिटीका कारण बार्सिलोसमा खसेको उनले बताए ।

    ब्राजिलको विमान निर्माता कम्पनी ‘एम्ब्रेर’द्वारा निर्मित ‘ट्विन इन्जिन टर्बोप्रप’ विमानमा सुरक्षाका सबै पूर्वसर्त एवं उड्डयन नियमको पालना गरिएको जनाइएको छ। विमान कम्पनीले एक विज्ञप्ति निकालेर यान्त्रिक खराबीका कारण दुर्घटना भएको मान्न नसकिने बताएको छ ।

    राष्ट्रिय निकुञ्ज नजिक रहेको लोकप्रिय पर्यटकीय गन्तव्य बार्सिलोसमा माछामार्ने मनोरञ्जनात्मक खेलमा सहभागी हुन एक जना व्यापारीले उक्त विमान चार्टर गरेका थिए ।

    विभिन्न प्रजातिका माछाका लागि परिचित उक्त स्थानमा हरेक वर्ष यो महिना माछा मार्नेको भीड लाग्ने गर्छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ