• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    अझै २० वर्ष राजनीतिमा सक्रिय रहन्छु : ओली

    817
    SHARES



    काठमाडौँ। एमाले अध्यक्ष केपी ओलीले आफू अझै २० वर्ष राजनीतिमा सक्रिय रहने बताएका छन् ।

    हिजो शनिवार भक्तपुरमा आयोजित विद्यार्थीसँगको अन्तरक्रियामा ७२ वर्षीय ओलीले पहिला बिरामी भए पनि हाल कुनै समस्या नभएको बताए ।

    पार्टी नेतृत्वको विषयमा भने ओलीले आफू लचक रहेको दाबी गरेका छन् । राजनीतिमा सक्रिय रहँदै नेतृत्व हस्तान्तरण गर्ने र नेतृत्व गर्नेलाई सहयोग गर्ने ओलीको भनाइ छ । ‘पहिला म बिरामी थिएँ, धेरैपटक अप्रेसन गर्नुपर्‍यो । दुईपटक किड्नी ट्रान्सप्लान्ट गर्नुपर्‍यो । अहिले किड्नीले धेरै राम्ररी काम गरिरहेको छ । कुनै प्रकारको समस्या छैन,’ ओलीले भने, ‘अर्को कुरा अहिले पनि मेरो बुबा मजत्तिकै तगडा हुनुहुन्छ । मेरो बुबा नै त्यति तगडा हुनुहुन्छ भने २० वर्ष त मैले सक्रिय रहने विचार गरेको हुँ । तर, २० वर्ष सक्रिय रहनुको अर्थ म २० वर्षै, देशको नेतृत्व गर्छु, पार्टीको नेतृत्व गर्छु भनेको होइन । नेतृत्व गर्नेहरूलाई सहयोग गर्छु, सक्रिय रहेर ।’

    ओलीले बाँचुन्जेल पद नछोड्न प्रवृत्तिलाई आफूले तोड्ने पनि सुनाए । ‘मान्छे बाचुन्जेलसम्म पद छाड्न नखोज्ने प्रवृत्ति छ । पदमै टाँसिन खोज्ने, आवश्यक्ता होस् कि नहोस्, काम गर्न सकोस् कि नसकोस्, स्मरण शक्ति होस् कि नहोस्, बोल्न सकोस् कि नसकोस्, तर पनि पदमा बसिरहन चाहने प्रवृत्ति छ ।

    त्यो प्रवृत्तिलाई मैले सचेतनापूर्वक तोड्न चाहन्छु,’ उनले भने । उनले आफू सक्रिय रहँदारहँदै कार्यभार सुम्पिएर देश चलाउनका लागि सहयोग गर्ने बताए ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ