• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    बाँचुन्जेल पद नछोड्ने प्रवृत्तिलाई तोड्न चाहन्छु : केपी शर्मा ओली

    1.4K
    SHARES



    काठमाण्डौ। नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै २० वर्ष सक्रिय रहने बताउनुभएको छ ।

    अध्यक्ष ओलीले २० वर्ष आफू सक्रिय रहन्छु भन्नुको अर्थ देश र पार्टीको नेतृत्व लिइरहन्छु भन्ने नरहेको पनि स्पष्ट पारे ।

    शनिवार भक्तपुरमा आयोजित विद्यार्थीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले आफू सक्रिय रहेर देश र पार्टीको नेतृत्व गर्नेलाई सहयोग गर्ने बताए । त्यस अवसरमा अध्यक्ष ओलीले बाँचुन्जेल पद नछोड्ने प्रवृत्तिलाई आफूले तोड्न चाहेकोसमेत बताए ।

    बाँचुन्जेलसम्म पद छोड्न नखोज्ने, पदमै टाँसिन खोज्ने प्रवृत्तिलाई आफूले आफ्नो व्यवहारबाट तोड्न चाहेको उहाँको भनाइ थियो । ओलीले देशमा तस्करी, कमिसनखोरी, भ्रष्टाचारीको बिगबिगी रहेको जिकिर गर्दै अबको २० वर्षपछि त्यस्तो अवस्था देख्न नपर्ने समेत बताए ।

    ओलीले भने, ‘अब २० वर्षसम्म मेरो अवसेन्स हुँदैहुँदैन । पहिले म अलि बिरामी थिएँ । मैले धेरै पटक अपरेशन गर्नुपर्‍यो । दुई पटक किड्नी ट्रान्सप्लान्ट गर्नुपर्‍यो । अहिले मैले ट्रान्सप्लान्ट गरेको किड्नीले धेरै राम्ररी काम गरिराखेको छ । कुनै प्रकारको समस्या छैन । अर्को कुरा अहिले पनि मेरो बुवा लगभग म जत्तिकै तगडा हुनुहुन्छ । मेरो बुवा नै म जतिनै तगडा हुनुहुन्छ भने, अहिले पनि २/४ किलोमिटर मेरो बुवा नै हिँड्नुहुन्छ भने मेरो बुवाले लौरो टेक्नुहुन्न अहिले पनि । मेरो बुवा नै त्यति तगडा हुनुहुन्छ भने मैले २० वर्ष त सक्रिय रहने विचार गरेको छु अब । तर २० वर्ष सक्रिय रहनुको अर्थ म २० वर्षै देशको नेतृत्व गर्छु, पार्टीको नेतृत्व गर्छु भनेको होइन । नेतृत्व गर्नेहरुलाई सहयोग गर्छु सक्रिय रहेर । एउटा के प्रचलन छ भने मान्छे बाँचुन्जेलसम्म पद छोड्ने नखोज्ने, पदमै टाँसिन खोज्ने, आवश्यक्ता होस् कि नहोस्, काम गर्न सकोस् कि नसकोस्, स्मरण शक्ति होस् कि नहोस् । बोल्न सकोस कि नसकोस् । तर पनि पदमा बसिरहन चाहने । त्यो प्रवृत्ति छ । त्यो प्रवृत्तिलाई चाहिँ मैले सचेतनतापूर्वक तोडन चाहन्छु ।’

    ओलीले आफूले नेपालविरुद्धको षड्यन्त्रलाई पराजित गर्न नसकिरहेको उल्लेख गर्दै नयाँ पुस्ताले त्यसलाई पराजित गरेर अघि बढ्नुपर्ने पनि बताए । उनले आफूलाई देश र जनताप्रति माया गर्ने इमान्दार राजनीतिकर्मीको रुपमा बुझिदिन पनि आग्रह गरेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया