• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    लिबिया बाढी : ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो

    1.3K
    SHARES



    काठमाडौँ। लिबियाको पूर्वी क्षेत्रमा आँधीपछि आएको बाढीमा ज्यान गुमानेको सङ्ख्या ११ हजार ३  सय जना नाघेको छ ।

    ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले बाढी आउँदा पूर्वी सहर डेर्नाका ११ हजार ३  सय जनाले ज्यान गुमाएका लिबियाली रेडक्रसका अधिकारीलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।

    १० हजार १ सय मानिस हराइरहेका विवरण प्राप्त भएको पनि रेडक्रसले जनाएको छ । बाढीका कारण ५० हजार जनाभन्दा धेरै मानिस विस्थापित भएका छन् ।

    गएको आइतवार दिउँसो आँधी आएसँगै मुसलधारे वर्षा हुँदा २ वटा नदीका बाँध भत्केपछि बाढीले गाउँ-सहरका भवन र तिनमा बसेका मानिसलाई बगाएको थियो ।

    उद्धारकर्ताहरूका अनुसार ९० हजार जनसङ्ख्या भएको डेर्नामा अहिले जताततै शवमात्र छरिएका छन् । डेर्नाका मेयर अब्दुलमेनम अल-गैथीधचले पनि ज्यान गुमाउनेको सङ्ख्या २० हजार पुग्ने बताएका छन् ।

    सहरभन्दा ६० माइल पर पनि शव भेटिएक छन्।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ