• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    तानसेन बजारमा बस दुर्घटना, १२ जना घाइते

    1.4K
    SHARES



    काठमाडाैँ। पाल्पाकाे तानसेन बजारमा बिहीबार बेलुका बस दुर्घटना भएकाे छ ।

    पाल्पाबाट काठमाडौँका लागि छुटेको लु २ ख १४०३ नम्बरको रात्रि बस राति साढे आठ बजेतिर तानसेन नगरपालिका-४, बारुदखानमा दुर्घटना भएको वडाध्यक्ष हेमन्तराज शाक्यले बताएकाछन् ।

    उनका अनुसार बसकाे ब्रेक फेल भएर नालीतिएर गएकाे र घरमा ठाेक्किँदा दुर्घटना भएकाे हाे ।

    “ब्रेक फेल भएर सडकछेउकाे नालीमा गएकाे छ, घरमा पनि असर गरेकाे छ,” उनले उकालाेसित भने,”सख्त घाइते काेही छैन,बसकाे अगाडिपट्टि बुनाेटमा बसेकालाई सिसाले लागेकाे छ, १२ जना जति घाइते भएका छन्।”

    बसमा ड्राइभरलगाएत ५० जना भएकाे र दुर्घटनामा परेर घाइते भएका १२ जनालाई अहिले मिसन अस्पताल लगिएकाे शाक्यले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ