काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सफल राजनेता भएको बताए ।
बिहीबार नेकपा(एमाले)को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले स्वर्गीय नेम्वाङ सफल राजनेताको रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त भएको बताएका हुन् ।
उनले नेपालको इतिहासमा नेम्वाङको तुलना अन्य कुनै सभामुखसँग पनि नहुने पनि बताए । ओलीले नेम्वाङले दलीय स्वार्थभन्दा माथि उठेर संसद् चलाएको र संसदको गरिमा बढाएको बताए ।
अध्यक्ष ओलीले नेम्वाङ संविधान र कानुन उल्लंघन गर्नु नहुने मान्यतामा रहेको बताए । ओलिले भेन,‘अहिलेसम्मको इतिहासमा हेर्ने हो भने उहाँसँग कसैको तुलना हुँदैन । उहाँ चुनिएपछि वास्तवमै दलीय स्वार्थभन्दा माथि उठेर, वास्तवमै संसदीय गरिमा बढाउन, संवैधानिक इमान्दारिता र कानुनको हिसाबले चल्नुपर्छ । आफूले आफैँलाई पनि कानुनमा बाँध्नुपर्छ । कानुनको उल्लंघन गर्नु हुँदैन भन्ने उहाँको मान्यता थियो । र उहाँ एउटा सफल राजनेताको रुपमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा समेत ख्यातिप्राप्त हुनुहुन्थ्यो ।’
प्रतिक्रिया