काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी सचिव राजु गुरुङगुरुङले पार्टी परित्याग गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले आफू स्वतन्त्र वामपन्थी बनेको बताएका हुन् ।
उनले लेखेका छन्,’आजबाट स्वतन्त्र वामपन्थी, आहा क्या टाउको हलुंगो ।’ उनी एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लागेका थिए ।
गत प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ बाट उम्मेदवार बनेका गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो । पार्टी छाड्नुको कारणबारे भने उनले केहि भनेका छैनन् ।
एक नेताका अनुसार उनले केन्द्रीय समितिले कार्यविभाजनमा असन्तुष्टि जनाएका हुन् । गुरुङले रुपन्देहीका कार्यवाहक अध्यक्ष श्रीराम यादवलाई पार्टी छाडेको समेत जानकारी गराएको बताइएको छ ।
प्रतिक्रिया