• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    लुम्बिनीमा मन्त्रालय नथपी सरकारलाई पूर्णता दिन कांग्रेसको निर्देशन

    509
    SHARES



    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीलाई मन्त्रालयको संख्या नबढाएर सरकारलाई पूर्णता नेपाली कांग्रेस लुम्बिनी प्रदेशले निर्देशन गरेको छ ।

    राप्ती उपत्यकामा बुधवार बसेको कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले प्रदेशमा मन्त्रालय थप्दा आर्थिक भार थप हुने र जनताको बीचमा नकारात्मक सन्देश जाने भन्दै मन्त्रालय नबढाई सरकारलाई पूर्णता दिन मुख्यमन्त्री डिल्ली चौधरीलाई निर्देशन गर्ने निर्णय गरेको हो ।

    जनताका जनजीविकालाई मध्यनजर गर्दै प्रभावकारी जनमुखी कार्यक्रम गर्न प्रदेश सरकारलाई चुस्त, दुरुस्त गर्न गठबन्धनमा आबद्ध दल र सबै राजनिति दलसँग समन्वय गर्दै संघीयतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संघीय सरकारलाई नेपालको संविधानअनुसार प्रदेश सरकारलाई अधिकार दिन पनि बैठकले अनुरोध गरेको मुख्य सचिव मोहनराज शर्माले जानकारी दिए ।

    बैठकले प्रदेश पोलिसी ह्याकथन कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको उनले बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया