• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पशुपतिमा सुवास नेम्वाङको अन्तिम बिदाइ

    2.8K
    SHARES



    काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शवयात्रा पशुपतिस्थित आर्यघाट पुगेको छ ।

    बालुवाटारस्थित निवासबाट सुरु भएको शवयात्रा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको हो ।

    शवयात्रामा नेपाली सेनाको ब्याण्ड टोली अघि-अघि र शव बोकेको गाडी पछि-पछि छ । यात्रामा अन्य शुभेच्छुक तथा सर्वसाधारण पनि सहभागी रहेका छन् ।

    संविधानसभा अध्यक्ष नेम्वाङलाई अन्तिम बिदाई गर्न पशुपतिमा पनि सर्वसाधारणको उल्लेख्य संख्यामा उपस्थिति रहेको छ ।

    उनीहरु हातमा फूलमाला लिएर लामबद्ध रहेका छन् । गत मंगलबार निधन भएका नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । उनको निधनको शोकमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ