• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    स्टोक्सले बनाए कीर्तिमानी १८२ रन, इंग्ल्याण्ड १८१ रनले विजयी

    1.2K
    SHARES



    काठमाडौं । बेन स्टोक्सले कीर्तिमानी १ सय ८२ रन बनाएको खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई १ सय ८१ रनले पराजित गर्दै ४ खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ ।

    स्टोक्सले इंग्ल्याण्डका लागि ओडीआईमा एकै खेलमा सर्वाधिक रन बनाउने नयाँ कीर्तिमान बनाएका हुन् । उनले यसअघि ज्यासन रोएको नाममा रहेको १ सय ८० रनको कीर्तिमान तोडेका हुन् ।

    चौथो नम्बरमा ब्याटिङ गरेका स्टोक्सले १ सय ८२ रन बनाएपछि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ४८.१ ओभरमा सबै विकेट गुमाएर ३ सय ६८ रन बनाएको थियो ।

    १ सय २४ बल खेलेका स्टोक्सले १५ चौका र ९ छक्का प्रहार गरे । १३-२ को अवस्थामा स्टोक्सले डेविड मालानसँग १ सय ९९ रनको साजेदारी गरेका थिए ।

    शतकबाट ४ रनले चुकेका मालानले ९५ बलमा ९६ रन बनाए । कप्तान जोस बटलरले ३८ रन जोडे । न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्टले ५ तथा बेन लिस्टरले ३ विकेट लिए ।

    ३ सय ६९ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डल ३९ ओभरमा सबै विकेट गुमाएर १ सय ८७ रनमै अलआउट भयो । न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७२ रन बनाएकाहुन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ