• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    कांग्रेसको १५ औं महाधिवेशन २०८२ को मंसिरभित्रै हुन्छ: गगन थापा

    662
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औं महाधिवेशन २०८२ सालको मंसिरभित्रै हुने बताएका छन्।

    बुधबार पोखरा महानगर सम्मेलनमा बोल्दै थापाले विधानअनुसार ४ वर्षमा पार्टीको महाधिवेशन गरिने बताए। कांग्रेसले १४ औं महाधिवेशन २०७८ मंसिरमा गरेको थियो।

    ‘पार्टी महाधिवेशन ०८२ साल मंसिर महिनाभन्दा उता जाँदैन, जान दिइन्न। ०८२ सालमा चार वर्ष पुग्छ,’ थापाले भने, ‘हामीहरू सबै मिलेर अधिवेशन गर्ने हो।’

    ०८३ सालमा देशैभर सम्मेलन गरिने पनि उनले बताए। ‘वडा, क्षेत्रीयलगायत सम्मेलन ०८३ सालमा गर्छौं,’ उनले भने। उनले चुनावको टिकट वितरण गर्ने प्रणाली नै परिवर्तन गर्नुपर्ने बताएका छन्।

    ‘टिकट दिने व्यवस्था बदल्नुपर्छ,’ उनले भने, ‘सभापति र नेताहरूको घर-घर धाउनुपर्दैन। जुन तहको निर्वाचन हो त्यही तहले टिकट दिन्छ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया