• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय राजनीति

    उत्तर कोरियाली नेता उन र रुसी राष्ट्रपती पुटिनबीच भेट

    1K
    SHARES



    काठमाडौं । उत्तर कोरियाली नेता किम जोन उन रूस भ्रमणमा छन् । उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गरेको तस्वीर बुधबार सार्वजनिक भएको छ ।

    सन् २०१६ मा रुसले बनाएको अन्तरिक्ष केन्द्र बास्तोचनी कोस्मोड्रोममा उनीहरुले भेटवार्ता गरेका हुन् । पुटिनले उनलाई अन्तरिक्ष केन्द्रको अवलोकन भ्रमण गराएको तस्वीरमा देख्न सकिन्छ । आफ्नो भूउपग्रह निर्माणमा लागेको उत्तर कोरियाका नेता उनले चासो पूर्वक केन्द्रको अवलोकन गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

    अन्तरिक्ष केन्द्रमा नै आफूहरुको भेटघाट हुनुको कारण खोतल्दै पुटिनले भनेका छन्, ‘किम जोन उनलाई रकेट इन्जिनियरिङका बारेमा रुची रहेकाले हामीले यहाँ भेटवार्ता गरेका हौं ।’

    आफ्ना देशका वरिष्ठ अधिकारीहरुसहित भेटवार्तामा बसेका दुई नेताले एक अर्काले गरिरहेका काम कारबाहीको समर्थन गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमको दाबी छ । उत्तर कोरियाली नेता किम विशेष रेल चढेर रुस पुगेका हुन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ