मोरक्को । मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २ हजार नाघेको मोरक्कोको गृह मन्त्रालयले जनाएको छ ।
भूकम्पमा परी कम्तीमा १ हजार ४ सय जना शस्त घाइते भएको मन्त्रालयको पछिल्लो विवरणमा भनिएको छ । मोरक्कोको स्थानीय समयअनुसार शुक्रबार राति ११ बजेर ११ मिनेटमा ६.८ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।
भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल-हौज र ताराउदान्ट प्रान्तका रहेका भन्दै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ ।
प्रतिक्रिया