• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    जी-२० सम्मेलनमा विश्व नेताहरू संयुक्त घोषणापत्रका लागि सहमत

    1.7K
    SHARES



    काठमाण्डौ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जी-२० देशका नेताहरू संयुक्त घोषणापत्रप्रति सहमत भएको जानकारी दिएका छन् ।

    आजको सम्मेलनपछि प्रधानमन्त्री मोदीले ‘नयाँ दिल्ली-जी-२० लिडर्स घोषणापत्र’ मा सहमति जुटेको जानकारी गराएका बीबीसीले जनाएको छ ।

    जी-२० सम्मेलनका लागि भेला भएका विश्वका नेताहरूबीच सबैभन्दा ठूलो मतभेद युक्रेनमाथिको रुसी आक्रमणलाई लिएर थियो । शिखर सम्मेलनमा विश्वका दुई सर्वाधिक शक्तिशाली देशहरु रुस र चीनका सरकार प्रमुख अनुपस्थित रहेका छन् ।

    चीनले रुस–युक्रेन युद्धको विरोध गरेको छैन । जी-२० देशहरुको विश्वको अर्थव्यवस्थाको ८५ प्रतिशत हिस्सा ओगट्छन् भने उनीहरूबीच हुने व्यापार कुल व्यापा मध्येको ७५ प्रतिशत हो । विश्वको कुल जनसंख्या मध्ये दुई तिहाइ मानिसहरू ती देशमा बस्छन् ।

    १९ वटा देश र युरोपेली संघ जी २० सदस्यीय रहेको जी-२० मा आज अफ्रिकी संघसमेत समूहको स्थायी सदस्यका रूपमा सहभागी भएको छ । अब जी-ट्वान्टीमा १९ देश र दुई महासंघ सदस्य बनेका छन् ।

    शिखर सम्मेलनको शुरुमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो पुस्ताले विश्व अर्थतन्त्रको उथलपुथल, उत्तर-दक्षिण र पूर्व-पश्चिम बीचको भिन्नता, खाद्यान्न संकट, मल संकट जस्ता चुनौतीको सामना गर्नुपर्ने बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया