• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रधानन्यायाधीश श्रेष्ठलाई डोटेली समाजद्वारा अभिनन्दन

    1.1K
    SHARES



    काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई आज डोटेली समाज, काठमाडौँका तर्फबाट अभिनन्दन गरिएको छ ।

    डोटेली समाज, काठमाडौँका तर्फबाट प्रधानन्यायाधीश श्रेष्ठलाई बालुवाटारमा आज एक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरिएको उक्त्त समाजका सहकोषाध्यक्ष टेकबहादुर बमले बताए ।

    प्रधानन्यायाधीश श्रेष्ठ डोटीवासी तथा डोटेली समाजका आजीवन सदस्यसमेत रहेकाले अभिनन्दन गरिएको बमले बताए  । विसं २०४८ मा डोटेली समाजको स्थापना भएको संस्थाका अध्यक्ष जगदिश केसीले बताएका छन् ।

    आज शुक्रबारको कार्यक्रममा पूर्वमन्त्री तथा डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आले, पूर्वमन्त्री तथा कांग्रेसका नेता भक्तबहादुर बलायर, पूर्वप्रदेशसभा सदस्य भरतबहादुर खड्का, लालबहादुर खड्का, सचिव विनोशप्रकाश सिंह, नेकपा (एमाले) का नेता लक्ष्मण मलासी लगायतको उपस्थिति रहेको थियो ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया