• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    मोरक्कोमा शक्तिशाली भूकम्प, कम्तीमा २ सय ९६ जनाको मृत्यु

    1.2K
    SHARES



    मोरक्को । मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा र कम्तीमा २ सय ९६ जनाको ज्यान गएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

    अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको केन्द्रविन्दु माराकेशबाट ७१ किलोमिटर (४४ माइल) दक्षिणपश्चिममा उच्च एटलस पर्वतमा रहेको बताएको छ । यसको केन्द्र जमिनको सतहबाट १८.५ किलोमिटर गहिराइमा रहेको बताइएको छ।

    भूकम्पको धक्का केन्द्रबिन्दुबाट ३५० किलोमिटर टाढा रहेको राजधानी रबातमा पनि महसुस गरिएको थियो । कासाब्लान्का र एसाउइरामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । स्थानीय समय अनुसार राति २३ः११ मा भूकम्प गएको हो ।

    सामाजिक सञ्जालमा धेरै अपुष्ट भिडियो शेयर भइरहेका छन् जसमा भूकम्पबाट क्षतिग्रस्त भवन र सडकमा छरिएका भग्नावशेष देखिन्छन् । एक बासिन्दाले समाचार एजेन्सी रोयटर्सलाई माराकेशको पुरानो सहरमा केही भवनहरू ध्वस्त भएको बताए। अर्का एक व्यक्तिले उनीहरूले भूकम्पबाट ‘बलियो कम्पन’ महसुस गरेको र ‘भवनहरू हल्लिरहेको’ देखेको बताएका छन् ।

    अब्दुलहक अल-अमरानीले एएफपी समाचार एजेन्सीलाई भने, ‘मानिसहरू स्तब्ध र आतंकमा थिए। बालबालिका रोइरहेका थिए।’ भूकम्पका कारण करिब दश मिनेटसम्म बिजुली र फोन लाइन बन्द भएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया