• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आज निजामती सेवा दिवस मनाइदै

    1.3K
    SHARES



    काठमाण्डाै। आज निजामती सेवा दिवस, ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

    नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६१ साल भदौ २२ गतेदेखि औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो ।

    २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउने गरिन्छ ।

    अहिले झण्डै ८३ हजार निजामती कर्मचारी कार्यरत रहेका छन् । दिवसको अवसर पारेर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

    दिवसका अवसरमा प्रभातफेरी हुँदैछ भने निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिने भएको छ । २०औँ निजामती सेवा दिवसका अवसरमा पुरस्कृत हुने ४० जना कर्मचारीहरूको नामावली सार्वजनिक भएको छ ।

    हिजो बसेको मन्त्रिपरिषद् बैठकले निजामती सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय पनि गरेको छ । तर सरकारले यसवर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भने छनोट गर्न सकेन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ