काठमाडौं । दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि म्यानमारमा रहेको नेपाली टोलीको पहिलो खेल आज शुक्रबार हुँदै छ ।
पहिलो मैत्रीपुर्ण खेलमा नेपालले घरेलु टोली म्यानमारको सामना गर्दैछ । पाहुना टोली र घरेलु टोलीबीचको खेल नेपाली समय अनुसार अपरान्ह सवा ४ मा हुने भएको छ ।
खेल म्यानमारको राजधानी याङ्गुनस्थित थुवुन्ना स्टेडियममा हुनेछ । फिफाको हालको वरीयतामा म्यानमार १ सय ६० औं स्थानमा रहेको छ ।
वरीयतामा नेपाल भने १ सय ७५ औं स्थानमा रहेको छ । म्यानमारसँग हालसम्म नेपालले २ खेल खेलेकोमा दुवैमा हार व्यहोरेको छ ।
नेपाल र म्यानमारबिचको दोस्रो मैत्रीपुर्ण खेल सोमबार हुने भएकोछ ।
प्रतिक्रिया