• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सन्दीप लामिछानेको मुद्दामा थप अभिलेख झिकाउने आदेश

    1.9K
    SHARES



    काठमाण्डाै । जिल्ला अदालत काठमाण्डाैले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा गौशाला-२६ को बसाइँसराइ तथा जन्मदर्तासम्बन्धी थप अभिलेख झिकाउने आदेश सिएको छ ।

    न्यायाधीश शकुन्तला कार्कीको इजसालमा आज बिहीवार भएको सुनुवाइपछि थप केही कागजातको अभिलेख झिकाउने आदेश भएको अदालतका स्रेस्तेदार कौशलेश्वार ज्ञवालीले जानकारी दिएका छन् ।

    यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाण्डाैले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

    सर्वोच्च अदालतले लामिछानेलाई विदेशमा हुने प्रतियोगितामा भाग लिन जान पाउने आदेश पनि गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ