काठमाडौँ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताए ।
आज बिहिबार चितवनको माडी नगरपालिकाले आयोजना गरेको जनप्रतिनिधि एवं कर्मचारीसँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले विकास निर्माणका विषयमा सबै दल एक भएर अघि बढ्नुपर्नेको विकल्प नरहेको बताएका हुन् ।
“एक अर्कालाई तानातान गर्ने राजनीतिक संस्कारले विकास हुन सकेन । हाम्रो देश पछि पर्नुको मुख्य कारण पनि यही हो”, उनले थपे।
राजनीतिक संस्कार परिवर्तन गरेर विकास निर्माणमा सहमतिका साथ अघि बढ्न जरुरी रहेको उनको भनाइ छ । स्थानीय तहदेखि केन्द्रीय तहसम्म विकासका लागि सबै दल एक ठाउँ हुन जरुरी रहेको उनले बताए ।
माडीवासीको समस्याप्रति आफू जानकार रहेको बताउँदै उनले निकुञ्जको बाटो कालोपत्र गर्ने विषयमा प्रधानमन्त्री र आफूले पटक-पटक छलफल गरी पहिलो प्रथामिकतामा राखेको बताएका छन् ।
प्रतिक्रिया