काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नंं १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
उपचारका क्रममा उनको आज बिहान ०७ः३० बजे निधन भएको ग्राण्डी अस्पतालले जनाएको छ ।
उच्च ज्वरो र निमोनियाँ देखिए पछि उनलाई अस्पताल लगिएको थियो । ५ दिनको उपचार अवधि मध्ये २ दिन आइसियु र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीका अनुसार उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिने भएको छ । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने भनिएको छ ।
प्रतिक्रिया