काठमाडौँ । एमाले लुम्बिनी प्रदेश अधिवेशनको मतदान मंगलबार बिहानका लागि सारिएको छ ।
मतपत्र छाप्न ढिला भएको र राति मतदान गर्न कठिनाई हुने भएकोले मंगलबार बिहान ७ बजेसम्मका लागि मतदान प्रक्रिया स्थगित गरिएको हो ।
मंगलबार बिहान मतदान हुनेगरी मतदानका सबै कार्यक्रम स्थगित भएको निर्वाचन प्रमुख हरिप्रसाद भण्डारीले बताएका छन् । रातको समयमा मतदान गर्न कठिन हुने भएकाले मतदान कार्यक्रम स्थगित गरिएको उनले बताएका छन् ।
स्थानीय प्रशासनले पनि राति मतदान नगर्न आग्रह गरेको भन्दै कार्यक्रम स्थगित गरिएको भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया