• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    रुटिन अफ नेपाल बन्दको फेसबुक पेज गायब

    1.2K
    SHARES



    काठमाडौं । नेपालमा चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्द हटेको छ ।

    पेजका सञ्चालक भिक्टर पौडेलले फेसबुकमा एक पोस्ट राख्दै बोल्ड डिसिजन लिन लागेको बताएका थिए ।

    उनको पोस्ट आए लगत्तै रुटिन अफ नेपाल बन्द फेसबुक, इन्स्टाग्राम, थ्रेड्स जस्ता मुख्य सामाजिक सञ्जालमा प्लेटफर्ममा देखिन छोडेको छ । तर टिकटक, युट्युब, एक्स (ट्वीटर), मोबाइल एप र वेबसाइटमा भने यो समाचार तयार पार्दासम्म रुटिन अफ नेपाल बन्द कायमै छ ।

    तरपनि उनको पोस्ट र सामाजिक सञ्जालबाट रुटिन अफ नेपाल बन्द हट्ने विषयबीचको सम्बन्ध के कति छ भन्ने कुरा स्पष्ट भने भइसकेको छैन ।

    आइतबार काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) लाई पुत्री लाभ भएको भन्दै गरेको रुटिन अफ नेपाल बन्दको पोस्ट पनि विवादित बनेको थियो । शनिवार राति मेयर बालेनले सिंहदरबारमा आगो लगाउने धम्की दिएपछि उक्त विषय सामाजिक सञ्जालमा चर्को बहसमा तानिएको थियो ।

    रुटिन अफ नेपाल बन्दबाट गरिएको पुत्री लाभ सम्बन्धी गरेको पोस्ट बालेनलाई जोगाउनका लागि गरिएको लख कतिपयले काटेका थिए ।

    पछि बालेनले पनि आफ्नो पोस्ट हटाइसकेका छन् । रुटिन अफ नेपाल बन्द यसरी पहिलो पटक अचानक गायब भएको हो ।

    रुटिन अफ नेपाल बन्द सधैंका लागि बन्द भएको हो वा अस्थायी रूपमा निष्कृय पारिएको हो भन्ने विषय पनि स्पष्ट हुन सकिरहेको छैन ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया