• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति लुम्बिनी

    एमाले लुम्बिनी प्रदेश अधिवेशनमा दुवै समूहको उम्मेदवारी दर्ता

    1.7K
    SHARES



    काठमाडौँ । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि दुई समूहकै उम्मेदवारी दर्ता गरिएको छ । बुटवलमा जारी लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा अध्यक्षसहितका पदमा दुई समूहले उम्मेदवारी दर्ता गरेपछि छुट्टाछुट्टै प्रतिस्पर्धामा हुने देखिन्छ ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन र बन्दसत्रमा सहमतिमा टुङ्ग्याउन निर्देशन दिए पनि अध्यक्षसहित पदाधिकारीमा दुई समूहको छुटाछुट्टै उम्मेदवारी दर्ता भएको हो ।

    आइतबार अबेरसम्म पनि सहमतिको प्रयास भए पनि अन्ततः अध्यक्षमा वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य समेत रहेका हरिप्रसाद रिजालले उम्मेदवारी दर्ता गरेका छन् ।

    निर्वाचन आयोगले सोमबार बिहानैबाट निर्वाचन कार्यक्रम सुरु गरेको छ । आज बिहान १० बजेसम्म मनोनयनको समय तोकेको छ । अहिलेसम्म निर्वाचन मण्डलले मतदान हुने/नहुने जानकारी भने गराईसकेको छैन । तर एक एमाले केन्द्रीय सदस्यका अनुसार अब निर्वाचन हुने पक्का भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया