• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    चट्याङ लागेर १२ वर्षीया प्रतिक्षाको ज्यान गयो, ९ वर्षीया रोजिता घाइते

    1.7K
    SHARES



    बाजुरा । बाजुरामा गए राति चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ ।

    जिल्लाको बडीमालिका नगरपालिका-६ कोर्धकी १२ वर्षीया प्रतिक्षा रावलको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताएका छन् । चट्याङ लागेर मृतक रावलकी बहिनी ९ वर्षीया रोजिता घाइते भएकी छिन् ।

    कोर्ध गाउँको थला लेकमा राति सुतेको अवस्थामा चट्याङ लागेको थियो । प्रतिक्षाको घटनास्थलमै ज्यान गएकाे प्रहरी निरीक्षक भण्डारीले बताए ।

    चट्याङ लागेर पशु चौपाया पनि मरेका छन् । घाइते रोजिताको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया