• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    अखिल (क्रान्तिकारी) काठमाडौं जिल्लाको एकता भेला सम्पन्न, को बने संयोजक ?

    6.5K
    SHARES



    काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) काठमाडौं जिल्लाको एकता भेला सम्पन्न भएको छ । काठमाडौंमा शनिबार सम्पन्न एकता भेलाले संयोजकमा मिम बहादुर ऐडी र सह-संयोजकमा कल्पना तामाङ र दिनेश नेपालीको नेतृत्वमा ५५ सदस्य जिल्ला सम्मेलन आयोजक समिती गठन गरेको हो ।

    संगठनका केन्द्रीय संयोजक मिलन राईको प्रमुख आथित्यतामा सम्पन्न भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका काठमाडौं जिल्ला सह-संयोजक रणबहादुर बिकको विशेष आथित्यता रहेको थियो ।

    त्यस्तै अन्य अथितिहरुमा संगठनका केन्द्रीय सह-संयोजक बिरेन्द्र शाह, कार्यालय सदस्य तथा छात्रा बिभाग प्रमुख रुपा बुढामगर, सचिवालय सदस्य तथा प्रदेश नं. ३ संयोजक उषाकिरण आजात, सह-संयोजक हरि बिष्ट, सचिवालय सदस्यद्धय गोबिन्द बिष्ट, डिबी शाही उपस्थित थिए।

    यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य हरि चन्द ‘अबिरल’, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा क्याम्पस जिल्ला संयोजक बिरेन्द्र नेपाली, सह-संयोजक तथा त्रिचन्द्र क्याम्पस अध्यक्ष स्मृति कार्की, केन्द्रीय सदस्य तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस संयोजक राजन साउदको सहभागिता थियो।

    यस्तै केन्द्रीय सदस्य तथा आरआर क्याम्पस संयोजक सर्जन पाण्डे, केन्द्रीय सदस्य पशुपति क्याम्पस संयोजक स्टालिन बस्नेत, केन्द्रीय सदस्य राहुल, संकरदेव क्याम्पस संयोजक लोकराज शाही, युवा संगठनका नेता बादल घर्ती लगायत विद्यार्थी तथा पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया