काठमाण्डाै। एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई ३ सय ४३ रनकाे लक्ष्य दिएकाे छ ।
मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४२ रन बनायाे ।
पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखरले शतक बनाए भने बाबरले १ सय ५१ रन र इफ्तिखर अहमदले नटआउट रन बनाए । माेहम्मद रिजवान भने ४४ रनमा आउट भएका छन् ।
बलिङतर्फ नेपालका साेमपाल कामीले २ विकेट लिए भने करण केसी र सन्दीप लामिछानेले १/१ विकेट लिएका छन् ।
प्रतिक्रिया