• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    विमानस्थलमा ड्रोन आक्रमण

    2.4K
    SHARES



    काठमाण्डौ । रुसको उत्तर पश्चिमी सहर पिस्कोभको विमानस्थलमा ड्रोन आक्रमण भएको छ ।

    उक्त्त ड्रोन आक्रमणबाट विमानस्थलमा आगलागी भएको छ भने २ वटा सैन्य विमानमा पनि क्षति पुगेको रुसी सञ्चार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    युक्रेनबाट ६ सय किलोमिटर टाढा इस्टोनियाको सीमा नजिक भएको आक्रमणमा युक्रेनकै हात रहेको पनि आशंका गरिएको छ ।

    तर युक्रेनले घटनाबारे केही प्रतिक्रिया भने जनाएको छैन । पछिल्ला केही हप्तामा युक्रेनले रुसमा आक्रमण गर्न विस्फोटक ड्रोनको प्रयोग बढाएको अनुमान गरिएको छ ।

    यो आक्रमणपछि रुसले मस्कोमा सुरक्षा व्यवस्था कडा पार्दै भानकोबो विमानस्थलमाथिको आकाशमा उडानमा रोक लगाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया