• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    सुन प्रकरणमा संलग्न भएको भए महरामाथि पनि कारबाही हुन्छ- जनार्दन शर्मा

    1.6K
    SHARES



    काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सुन प्रकरणमा संलग्न भएको प्रमाणित भए महरामाथि पनि कारबाही हुने बताएका छन् ।

    नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्माले इलेक्ट्रिक सिगरेट (भेप)मा लुकाएर सुन तस्करी गरेको आरोप प्रमाणित भए कृष्णबहादुर महरामाथि कारबाही हुने बताएका हुन् ।

    प्रेस सेन्टर नेपाल, मकवानपुरले मंगलबार हेटौंडामा गरेको कार्यक्रममा शर्माले उक्त अभिव्यक्ति दिएका हुन् ।

    सुशासनको पक्षमा सरकार गम्भीर ढंगले अगाडि बढेको जिकिर गर्दै भ्रष्टाचार प्रकरणमा जोसुकै भएपनि कारबाही हुने उनले बताए ।

    ‘सुन प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ । यदि प्रमाण पुगेको खण्डमा कसैले पनि उन्मुक्ति पाउनुहुन्छ । तथ्य र प्रमाणले उहाँ पनि संलग्न रहेको रहेछ भने कारबाहीको दायरामा आउनुहुन्छ । तर प्रमाणविना कारबाही गर्न मिल्दैन’, उनले भने ।

    उनले ललिता निवासदेखि सुन प्रकरणसम्म सरकारले गम्भीर भएर कामकारबाही अगाडि बढाएको जिकिर गरे ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया