• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    अमेरिकी साम्राज्यवाद र युरोपीयन युनियनका एजेन्टहरूले बनाएको संविधान खारेज गर्नुपर्छ : धर्मेन्द्र बास्तोला

    1.1K
    SHARES



    काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलाले विद्यामान संविधान खारेज गर्नुपर्ने बताए ।

    आज सोमबार राजधानीमा आयोजिक एक कार्यक्रममा बोल्दै २०७२ को संविधान समाजवाद उन्मुख नरहेको जिकिर गर्दै खारेज गर्नु पर्ने बताएका हुन् । यो संविधान जनमुखी र जनताको प्रतिनिधिले बनाएको संविधान नभएको पनि बास्तोलाको भनाइ छ ।

    ‘सर्वप्रथम विद्यामान संविधान खारेज गर्नुपर्छ । यो संविधान समाजवाद उन्मुख र जनपक्षीय छैन । यो नेपाली जनप्रतिनिधिले बनाएको संविधान पनि होइन’, उनले भने, ‘अमेरिकी साम्राज्यवाद र युरोपीयन युनियनहरूका एजेन्टहरूले बनाएको संविधान भएकाले यसलाई खारेज गर्नुपर्छ ।’

    कार्यक्रममा उनले राष्ट्रघाती एमसीसी सबै नेपाली जनता मिलेर खारेज गर्नुपर्ने धारणा राखे । दलका नेताहरूले बाहिर एमसीसीको विरोध गरेपनि संसद्का टेबुल ठटाएर अनुमोदन गरेको उनको आरोप छ । माओवादीले जनयुद्ध नलडेको भए आज कुनै पनि कम्युनिस्ट पार्टीहरू कम्युनिस्ट भएर बस्न नसक्ने उनको जिकिर थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया