काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने सोमबार पाकिस्तान प्रस्थान गरेका छन् ।
कतारको दोहा हुँदै लामिछाने पाकिस्तान पुग्ने बताइएको छ । एसिया कप क्रिकेट खेल्नका लागि सन्दीप पाकिस्तान प्रस्थान गरेका हुन् ।
जबरजस्ती करणीको कसुरमा आइतबार अन्तिम सुनुवाइ हुने भनिए पनि समय अभावका कारण सन्दीपको मुद्दा हेर्न नभ्याउनेमा परेपछि सन्दीप सोमबार पाकिस्तान गएका हुन् ।
जबरजस्ती करणीको कसुरमा सन्दीपविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । लामिछानेको अर्को पेसी भदौ २१ गते तोकिएको छ ।
प्रतिक्रिया