• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    माओवादी केन्द्रको आईसीटी फोरम गठन

    1.2K
    SHARES



    काठमाडौं । नेकपा माओवादी केन्द्रले आईसीटी फोरम गठन गरेको छ ।

    प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार पार्टी कार्यालय पेरिस डाँडामा रिमोटमार्फत आईसीटी फोरमको उद्घाटन गरेका हुन् ।

    अध्यक्ष प्रचण्डले पछिल्लो समय त्याग र सर्मपणभन्दा पनि हल्लाको भरमा संगठन बनाउने संस्कृति देखिएको भन्दै त्यसलाई चिर्ने गरी सकारात्मक काममार्फत पार्टीलाई जनतामा स्थापित गर्न आईसीटी फोरम गठन गरिएको बताएका छन् ।

    ‘अहिलेको यूग सूचना प्रविधिको युगको रुपमा स्थापित भएको छ । यसको महत्व कति छ भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ । विज्ञान र प्रविधिको महत्व बुझेर त्यसलाई महत्व दिएका राजनीतिक दल सफल हुन नदिए असफल हुने देखिएको छ’, उनले थपे, ‘त्यसैले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णय अनुसार आईसीटी फोरमको गठन गर्ने निर्णय गरिएको छ । यसको संगठन ग्रास रुटसम्म यसको संगठन विस्तार हुन्छ ।’

    उनले समाजवादको आधार तय गर्नको लागि जनतासम्म पुग्ने गरी यस फोरमले पार्टीका नीति विचार र कामलाई प्रचार गर्ने पनि बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया