• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    अमेरिकी विमान अष्ट्रेलियामा दुर्घटना- ३ सैनिकको मृत्यु, ५ जना गम्भीर

    1.7K
    SHARES



    काठमाडौं । संयुक्त राज्य अमेरिकाको ओस्प्रे सैन्य विमान आइतबार युद्धअभ्यासका क्रममा अष्ट्रेलियाको उत्तरमा अवस्थित एक दुर्गम टापुमा दुर्घटना भएको छ ।

    उक्त दुर्घटनामा ३ जना जल सेनाका अधिकारीको मृत्यु भएको छ भने ५ जनालाई गम्भीर अवस्थामा उद्धार गरी डार्विन अस्पतालमा भर्ना गरिएको छ ।

    अमेरिकी सैन्य अधिकारीहरूका अनुसार विमानमा २३ जना सैन्य कर्मचारी रहेका थिए । अष्ट्रेलियाली प्रहरी दुर्घटनास्थलमा चालक दलका सदस्य तथा बाँकी घाइतेको उद्धारमा सक्रिय रहेको जनाइएको छ ।

    प्रधानमन्त्री एन्थोनी अल्बानीजले घटनाप्रति दुःख व्यक्त गरेका छन् । संयुक्त युद्धअभ्यासमा अमेरिका, अष्ट्रेलिया इन्डोनेसिया र फिलिपिन्सका हजारौँ सैनिकले भाग लिएका छन् ।

    उत्तरी अष्ट्रेलिया पछिल्ला वर्षमा अमेरिकी सेनाका लागि महत्वपूर्ण रणनीतिक स्थान बनेको छ । एशिया- प्रशान्त क्षेत्रमा चीनको सामना गर्न अमेरिकाले उक्त स्थान सैन्य अभ्यासलाई प्राथमिकता दिइरहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया