काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरु भएको छ ।
संसदीय सुनुवाइ समितिमा अहिले श्रेष्ठले आफ्नो प्रस्तुति दिइरहेका छन् । त्यसपछि प्रश्नउत्तर हुने भएको छ ।
समितिले यसअघि सोमबार विहानै उजुरीकर्ताहरुसँग पनि छलफल गरेको थियो ।
यस्तै, ललिता निवास जग्गा घोटाला प्रकरणमा अनुसन्धान व्यूरो (सीआईबी) ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिएको छ । सीआईबीले अर्का पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग भने बयान लिइसकेको छ ।
सीआईबीकी प्रमुख आईजी किरण बज्राचार्यले नेपालसँग पनि बयान लिइएको जानकारी दिइन् । सीआईबीले साउन २८ मा पूर्व मुख्य सचिव लीलामणि पौड्यालसँग बयान लिएको थियो। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पौड्याल मुख्य सचिव रहेका थिए ।
प्रतिक्रिया