• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    ‘राती प्रहरीले ढोका फोडेर छोरीलाई उठाएर लगे’

    7.3K
    SHARES



    काठमाडौँ । पाकिस्तान तहरिक-ए-इंसाफ पार्टीकी पूर्व नेता शिरिन मजारीले राती उनकी छोरीको अपहरण गरेको बताएकी छिन् । शिरिनले राती सादा पोसाक लगाएका प्रहरीले छोरीको अपहरण गरेको बताइन् ।

    उनले ट्विट गर्दै भनिन्, ‘महिला प्रहरी र केही सादा पोसाक लगाएका मानिसले हाम्रो घरको ढोका फोडेर छोरीलाई उठाएर लगे ।

    उनीहरुले हाम्रो सुरक्षा क्यामरा, ल्यापटप र उनको फोन खोसे । हामीले उनीहरूलाई किन आयौ भनेर सोध्दा उनीहरुले इमानलाई बाहिर ताने ।’

    मजारीले थपिन्, ‘उनीहरुले हाम्रो पूरा घरको खानतलासी गरे । मेरी छोरी रातीको कपडामा थिइन् । उनीहरुले कपडा फेर्नका लागि भने तर उनीहरुले उनलाई तानेर लिएर गए ।

    उनीहरूसँग कुनै पुर्जी थिएन न कुनै प्रकारको कानुनी प्रक्रियाको पालना गरियो । यो सरकारको तानाशाही हो । स्मरण रहोस्, हामी घरमा दुई महिला बस्छौँ । यो एक प्रकारको अपहरण हो ।’

    पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि ९ मेमा हिंसा भड्किएको थियो । यो हिंसापछि शिरिन मजारीले पार्टी र राजनीति छोडेकी थिइन् । हिंसापछि उनीहरूलाई धेरै पटक पक्राउ गरिसकिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ