• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    चन्द्रागिरीका २ माविमा लागुऔसध दुर्ब्यशनी बिरुद्ध अभिमुखीकरण कार्यक्रम

    4.1K
    SHARES

    काठमाडौँ, २४ जेठ ।

    जनमैत्री सहयोगी समाज नेपालको आयोजनामा सुरु भएको लागुऔषध दुरुपयोग बिरुद्ध बिधालय तथा युवा केन्द्रीत एकदिने अभिमुखिकरण कार्यक्रम चन्द्रागिरी नगरपालिका पुगेको छ ।

    उक्त अभियान अन्तर्गत बिहिबार चन्द्रागिरी नगरपालिकाको चण्डिका माध्यामिक बिद्यालय र भिम माध्यमिक बिद्यालयमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएका छन् ।

    कार्यक्रममा जनमैत्री सहयोगी समाज नेपालका अध्यक्ष टेक बहादुर बोगटी ‘प्रविन’ र अन्य सदस्यहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा लागुऔसध दुर्बयशनी र त्यसको असरहरुबारे करिब २० मिनेट लामो वृतचित्र देखाइएको थियो ।

    यस्तै गृहमन्त्रालय अन्तर्गत आगुऔसध नियन्त्रण इकाईका कार्यक्रम अधिकृत खडक बहादुर श्रेष्ठले दुवै बिद्यालयका बिध्यार्थिहरुलाई लागुऔसध दुरूपयोगले गर्ने असर र यसका हानिबारे प्रशिक्षण दिएका थिए ।

    कार्यक्रमपछि बिध्यार्थीहरुले यस्तो सचेतनामुलक कार्यक्रमले आफुहरुलाई नया शिक्षा दिएको प्रतिक्रिया दिएका थिए । उनीहरुले यस कार्यक्रमबाट आफुहरु जगरुपा भएको बताउदै आगामी दिनमा आफ्नो छरछिमेकमा कसैले लागुऔसध दुरुपयोग गरेको पाइएका सम्बन्धित निकायमा खबर गर्ने र सभ्य समाज निर्माणमा भूमिका निभाउने बताएका छन् ।

    यस्तै जनमैत्री सहयोगी समाज नेपालको आयोजनामा यसअघी बुढानिलकण्ठ नगरपालिका १३ को नौलीङ माध्यमिक विद्यालय र बुढानिलकण्ठ १३ कै पिक प्वाइण्ट एकेडेमी चुनिखेलमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

    उक्त संस्थाले गृहमन्त्रालयको सहयोगमा काठमाडौँका विभिन्न सरकारी तथा निजि बिध्यालयहरुमा युवा केन्द्रित एकदिने अभिमुखीकरण कार्यक्रम संचालन गरिरहेको छ ।

    यो कार्यक्रमलाई लागुऔसध दुर्ब्यशनी प्रभावित हुनसक्ने क्षेत्र केन्द्रित गरेर निरन्तर जारी राख्ने जनमैत्री सहयोगी समाज नेपालका अध्यक्ष बोगटीले बताएका छन् ।

    प्रतिक्रिया