• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update

    फेरि बढ्नथाल्यो कोरोना सङ्क्रमण

    6K
    SHARES



    काठमाडौँ । अमेरिकामा फेरि कोरोना सङ्क्रमण बढ्न थालेको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले कोरोना सङ्क्रमित बिरामी अस्पताल भर्ना हुनेको क्रम बढ्दै गएको भनेको छ ।

    तथ्याङ्क अनुसार अस्पताल भर्ना हुनेको सङ्ख्या १० प्रतिशतले बढेको छ । जुन सन् २०२२ को डिसेम्बरयताकै तीव्र वृद्धि हो । जुलाई दोस्रो हप्तामा ७ हजार १ सयभन्दा धेरै कोभिडका बिरामी अस्पतालमा भर्ना भएको तथ्याङ्क छ ।

    सीडीसीका प्रवक्ता क्याथलीन कोन्लीले गएको हप्ता पनि अस्पतालमा भर्ना हुने सङ्ख्या बढेको र सङ्क्रमण बढेपछि यसले फेरि चिन्ता थपिएको बताएका छन् । तर सङ्क्रमणबाट हुने मृत्युदर भने न्यून रहेको सीडीसीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गएको वैशाख तेस्रो हप्ता कोभिड-१९ आपतकाल अन्त्यको घोषणा गरेको थियो ।

    विश्वव्यापी स्वास्थ्य आपतकाल अन्त्यसँगै सङ्क्रमण रोकथामका लागि अपनाउने गरिएका सतर्कता हटेका थिए । तर डब्ल्यूएचओले सङ्क्रमण रोकथामका आवश्यक उपायहरु अपनाउन आग्रह गरेको थियो ।

    चीनको वुहान सहरबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणले विश्वव्यापी महामारीको रुप लिएको थियो । भाइरसको फैलावट रोक्न डब्ल्यूएचओले कडा प्रतिबन्धात्मक नियम लागू गरेको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ